images
images

नौ महिनामा बाणिज्य बैकले कमाए ५१ अर्ब नाफा


  • 455
    SHARES
  • २०७९ बैशाख ७ गते बुधबार

    नौ महिनामा बाणिज्य बैकले कमाए ५१ अर्ब नाफा

    काठमाडौं । बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास वित्तीय विवरण प्रकाशन गरेका छन् । बैंकको नाफा जम्मा ०.५४ प्रतिशतले मात्र बढेको छ। २७ बटा बैंकहरुको नाफा ५१ अर्ब १ करोड रुपैयाँ रहेको छ । गत बर्षको तुलनाम बैंकहरुको नाफा ५० अर्ब ७४ करोड रुपैयाँ कमाएको थियो । 

    सबैभन्दा बढी कमाउने बैंक ग्लोबल आएमई बैंक रहेको छ । बैंकले ३ अर्ब ७२ करोड नाफा कमाएको  छ । चैतसम्ममा ३ वाणिज्य बैंकको नाफा ३ अर्ब रुपैयाँ नाघेको छ।  ११ वटा वाणिज्य बैंकहरुको औसतभन्दा धेरै नाफा कमाउन छन्।

    यस्तै, दोस्रो सर्वाधिक नाफा कमाएको एनआइसी एसिया बैंक रहेको छ। एनआइसी एसियाले चैत अन्त्यसम्म ३ अर्ब ६० करोड रुपैययाँ खुद नाफा कमाएको गरेको छ। नविल बैंक भने नाफामा तेस्रो नम्बरमा झरेको छ । बैंकले तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंक लगायत १२ बैंकको नाफा घटेको छ । 

    चैत मसान्त सम्मकम १५ वटा वाणिज्य बैंकले नाफा बढाएका छन् । अघिल्लो वर्षको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा सेञ्चुरी बैंक छ । सेञ्चुरीले ६६ करोडले नाफा बढाएर १ अर्ब १ करोड नाफा गरेको छ । त्यस्तै गरि नाफा बढाउनेमा हिमालयन, माछापुच्छ्े, एनसीसी , स्टाण्डर्ड चार्टर्ड रहेका छन् । 

    त्यस्तै तस्रो त्रैमासमा नाफा घट्नेमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको अघिल्लो वर्षभन्दा ६६ करोडले नाफा घटेर २ अर्ब ६१ करोडमा झरेको छ । भने दोस्रो स्थानमा एनबी बैंक रहेको छ । यस बैंकको ५२ करोडले नाफा घटेर १ अर्ब ११ करोड रुपैयाँमा पुगेको छ ।  त्यस्तै गरि नाफा घट्नेमा लक्ष्मी, प्रभु रबैंक अफ काठमाण्डू  रहेका छन् ।  
    त्यस्तै, चालु आर्थिक बर्षको तीन महिना लागेदेखि नै बैंकहरुमा तरलताको असर पर्दै गएको छ । 

      Bank Name This year previous year
           
    1 Giobal IME Bank 3726212000 3578269000
    2 NIC Asia Bank 3604598214 3004815938
    3 Nabil Bank 3352043000 3679870000
    4 Prime Commercial Bank  2722020197 2817676390
    5 NMB Bank 2665291000 2516487000
    6 Rastriya  Banijya Bank 2616719603 3270085710
    7 Nepal Investment Bank 2477261000 2847131000
    8 Nepal Bank 2192931817 2262277310
    9 Mega Bank  2014534193 1972755540
    10 Agriculture Development Bank 1905393789 2073061170
    11 Kumari Bank 1802771568 18084833530
    12 Prabhu Bank 1752923000 2109607000
    13 Sanima Bank 1592623611 1856199186
    14 Citizen Bank 1589651006 1545340624
    15 Machhapuchre Bank 1551772617 1290612968
    16 Everest Bank 1516324000 1507446000
    17 NCC Bank 1487722869 1101180380
    18 Himalayan Bank 1391578943 1287157470
    19 Nepal SBI Bank 1300022454 8786461008
    20 sunrise Bank 1277397823 1130042313
    21 Nepal Bangladesh Bank 1111137187 1638409683
    22 Century Commcrical Bank 1015683000 3581506029
    23 Civil Bank 904123000 502555000
    24 Bank of kathmanku 870781483 1169342662
    25 Laxmi Bank  858967000 1288084000
    26 Standard Chartared 1628774000 1183620000
    27 Siddhartha Bank  2088561910 2065238000
      Total 51017820284 50,742,506,004

     

     


    images

    Logo