images
images

फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त


  • 1.1K
    SHARES
  • २०७९ बैशाख १४ गते बुधबार

    फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त

    काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिवस सापकोटा नियुक्त भएका छन् । फोनपेको सञ्चालक समितिले बुधबारदेखि लागु हुनेगरि सापकोटालाई सीईओेको रुपमा नियुक्त गरेको हो । 

    सापकोटा फोनपेमै एसिस्टेन्ट सीईओका रुपमा कार्यरत थिए । सापकोटाले फोनपेमा सुरुमा प्रमुख टेक्नोलोजी अफिसरका रुपमा काम सुरु गरेका थिए । उनी यसअघि नेपाल क्लियरिङ्क हाउसमा आबद्ध थिए । एभरेष्ट बैंकबाट आफ्नो करियर सुरु गरेका सापकोटासँग डिजिटल भुक्तानी र आइटी क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव छ ।  

    आइटी देखि व्यवस्थापनमा भएको सापकोटाको अनुभव तथा विज्ञताले फोनपेलाई अझ धेरै उचाइमा पुर्याउने विश्वास लिइएको छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका  मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । 

    साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । 

    यस्तै फोनपेमा हालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड  ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । 


    images

    Logo