images
images

उपत्यकामा वित्तीय संस्था सञ्चालनमा थप कडाइ


  • 1.0K
    SHARES
  • २०७८ जेठ १० गते सोमबार

    उपत्यकामा वित्तीय संस्था सञ्चालनमा थप कडाइ

    काठमाडौं । काठमाडौं उपत्यकामा बैंक तथा वित्तीय संस्था सञ्चालनमा थप कडाइ हुने भएको छ । नेपाल राष्ट्र बैंकले अब उपत्यकाम सीमित बैंक तथा वित्तीय संस्था मात्रै खोलेर सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको हो । 

    राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार उपत्यकामा अब वाणिज्य बैंकले ६ वटा, विकास बैंकले ४ वटा र फाइनान्स कम्पनीहरुले ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् । सो संख्या नबढ्ने गरी आलोपालोमा शाखा खोल्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

    राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले सोमबार परिपत्र गर्दै काठमाडौंमा वाणिज्य बैंकको ३ वटा, विकास बैंकको २ वटा र फाइनान्स कम्पनीको एउटा शाखा खोल्न निर्देशन दिएका हुन् । 

    त्यस्तै, ललितपुरमा वाणिज्य बैंकको २ वटा तथा विकास बैंक र वित्त कम्पनीको एक/एक वटा शाखा खोल्न पाइनेछ । भक्तपुरमा भने वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको एक÷एक वटा शाखा सञ्चालनमा ल्याउन सकिनेछ । 

    यसअघि बैंक तथा वित्तस्य संस्थाले २० प्रतिशत कर्मचारी राखेर आफूखुसी आलोपालो सेवा दिँदै आएका थिए ।  

    NRB-notice.jpg


    images

    Logo