काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओमा नियुक्त गरेको हो ।
उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ । पोखरेलको दोस्रो कार्यकालको समयावधि ४ वर्षको रहने छ । उनको पहिलो कार्यकालको समय बैशाख मसान्तबाट सकिने हुदाँ वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले उनलाई पुन: नियुक्ती दिएको हो ।