images
images

चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो


  • 569
    SHARES
  • २०७९ बैशाख ३० गते शुक्रबार

    चुनावमा ९ अर्ब रुपैयाँ मात्रै बैंकिङ प्रणालीबाट बाहिरियो

    काठमाडाैं । नेपाल राष्ट्र बैंकले यो चुनाव आसपास २० अर्ब रुपैयाँ बाहिरिने अनुमान गरेको थियो। तर ९ अर्ब रुपैयाँ मात्रै थप रकम बैंकिङ प्रणालीबाट बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    अनुमानभन्दा कम रकम बाहिरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिए। 

    यो रकम ठ्याक्कै चुनावकै लागि मात्र हो भन्न भने नसकिने उनी बताउँछन्। 'तर विगत १० कार्य दिनमा थप ९ अर्ब रुपैयाँको माग बढ्यो। सो रकमबराबरको नोट राष्ट्र बैंकबाट बाहिर गएको छ', उनले भने, 'यो चुनावकै लागि निर्वाचन आयोगले भुक्तानीमा खर्च गयो कि म्यादी प्रहरीलाई दिइयो यकिन भने थाहा भएन'।

    वैशाख ९ गतेसम्म बजारमा ६ खर्ब ४३ अर्ब रुपैयाँ रहेको तर वैशाख २८ गतेसम्ममा ६ खर्ब ५२ अर्ब हाराहारीका नोट चलनचल्तीमा रहेको नेपालले बताए। 'अपेक्षा गरेअनुसार माग भएको छैन'। हुन त अझै अवधि बाँकी नै छ। 


    images

    Logo