काठमाडौं । आज दिनभर काठमाडौंको मौसममा बदली भइरहने छ ।
काठमाडौंमा गत २४ घण्टामा ५.६ मिलिमिटर पानी परेको थियो ।
आज काठमाडौंमा त्योभन्दा ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।
आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
गण्डकी, वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
उच्च हिमाली भू–भागमा हल्कादेखि मध्यमहिमपातरवर्षा तथा उच्च बेगको हावाहुरीसमेत आउने सम्भावना रहेकाले पर्वतारोहण नगर्न तथा नगराउन विभागले भनेको छ ।
चक्रवातको असर शनिबारसम्म नेपालका भू–भागमा पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।


