भक्तपुर । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मतगणना सकिएको छ । आज सम्पन्न मतगणना अुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका हुन् । उनले बहिनी ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरे ।
अन्तिम मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी एवं निवर्तमान नगर प्रमुख एमालेका मदनसुन्दर (जगूलु) श्रेष्ठले ११ हजार ३५ मत पाएका छन् । त्यस्तै उपप्रमुखमा गठबन्धनकै नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १२ हजार १०२ मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८ हजार ९६३ मत ल्याइन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा उपप्रमुख, छ वटा वडाध्यक्षसहित दुई तिहाइ सिट जितेपनि काँग्रेसका उम्मेदवार अष्ट कुमार कवे प्रमुख पदमा पराजित भएका थिए । यस पटक पनि ९ वटा वडामध्य काँग्रेसले वडा नम्बर १, २, ३, ५, ६ र ९ गरि छ वटा वडामा विजयी हात पारेको छ ।


