images
images

विश्वका सबैभन्दा धनी व्यक्तिको खुद सम्पत्ति १८६.३ अर्ब  


  • 794
    SHARES
  • २०७८ जेठ १२ गते बुधबार

    काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्तिको खुद सम्पत्ति १८६.३ अर्ब  पुगेको छ । सम्पत्ति बढेसँगै फ्रेन्च फेसन टाइकुन बर्नार्ड आर्नल्ट विश्वका सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनको अहिले सम्पत्ति बढेर १८६.३ अर्ब डलर पुगेको छ । फोर्ब्सको तयार  पारेको रिपोर्टअनुसार, ७२ वर्षे आर्नल्टको सम्पत्ति २०२० मार्च यताको एक वर्षमा ७६ अर्ब डलरले वृद्धि भएको छ ।

    फोर्ब्सले तयार पारेको डलर अर्बपतिहरूको रियल टाइम सूचीअनुसार अमेजनका जेफ बेजोसलाई नेट वर्थमा ३० करोड डलरबराबरले उछिन्दै आर्नल्टले सर्वाधिक धनाढ्यको ताज चुमेका हुन् । बेजोससँग १८६ अर्ब डलरबराबरको नेटवर्थ छ । तेस्रो स्थानमा रहेका मस्कसँग १४७.३ अर्ब डलर बराबरको नेटवर्थ रहेको छ । 

    सोमबार पहिलो घन्टामै  विश्वका ठूला कम्पनीको शेयर मूल्य ७०.४ प्रतिशतले बढेपछि यसको कुल बजार पुँजीकरण ३२० अर्ब डलर पुगेको थियो, जसमा आर्नल्टको हिस्साको सेयरको मूल्य ६० करोड डलरभन्दा धेरैले बढ्यो । यसले गर्दा नै उनी विश्वकै धनाढ्य व्यक्ति बकन्न सफल भएका हुन् । एजेन्सी


    images

    Logo