काठमाडौं । मंगलबार २ कम्पनीको शेयर नेप्सेमा सुचीकृत भएको छ । सुचीकृत हुनेमा समृद्धि फाइनान्स र सेन्ट्रल फाइनान्सको शेयर नेप्सेमा सुचीकृत भएको हो ।
समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर बापतको १९ लाख ५७ हजार ३९ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको । त्यस्तै, सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस शेयर बापतको ६ लाख ७८ हजार ३ सय ९७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ ।
यी दुई कम्पनीको शेयर सुचीकरणसँगै दोस्रो बजारमा कारोवार गर्नका लागि योग्य भएका छन् ।


