images
images

अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा कुमार बहादुर खत्री पुनः नियुक्त


  • 441
    SHARES
  • २०७९ जेठ १० गते मंगलबार

    अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा कुमार बहादुर खत्री पुनः नियुक्त

    काठमाडौं ।  अजोड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कुमार बहादुर खत्री पुनः नियुक्ति भएका छन् । खत्रीलाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने कम्पनी बोर्डको निर्णय तथा प्रस्तावलाई बीमा समितिले स्वीकृति दिएको छ। समितिले जेठ ९ मा स्वीकृति दिएको हो।

    कम्पनीको संचालक समितिको १०४ औँ बैठकको खत्रीलाई चार वर्षका लागि दास्रो कार्यकाल थप गर्ने निर्णय गरेको थियो। सोपछि कम्पनीले स्वीकृतका लागि समितिमा पठाएको थियो। यससँगै सोमबार खत्रीलाई ४ बर्ष कार्यकालको पदभार गर्न बीमा समितिले  स्वीकृति दिएको छ । 


    images

    Logo