images
images

आईसीयू र भेन्टिलेटरका लागि डेढ अर्ब सुनिश्चित, भक्तपुर अस्पताललाई सबैभन्दा बढी, अरु कसले कति पाए ? 


  • 3.5K
    SHARES
  • २०७८ जेठ १३ गते बिहीबार

    आईसीयू र भेन्टिलेटरका लागि डेढ अर्ब सुनिश्चित, भक्तपुर अस्पताललाई सबैभन्दा बढी, अरु कसले कति पाए ? 

    काठमाडौं । अर्थ मन्त्रालयले ४१ वटा अस्पताललाई १ अर्ब ४१ करोड रुपैयाँको सुनिश्चितता दिएको छ । आईसीयू र भेन्टिलेटर निर्माणका लागि अस्पतालले सो बराबरको रकम भुक्तानी गर्ने प्रतिवद्धता जनाएको हो । 

    त्यसरी रकम सुनिश्चितता पाउने अस्पतालमध्ये भक्तपुर अस्पताललाई १२ करोड, सेती प्रादेशिक अस्पताललाई ६ करोड, गजेन्द्रनारायण अस्पताललाई ९ करोड,  तुल्सीपुर अस्पताललाई ९ करोड रुपैयाँ भुक्तानी दिन अर्थले प्रतिवद्धता जनाएको छ । 

    त्यस्तै, ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रंगेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताललाई  तीन÷तीन करोड रुपैयाँ दिन सुनिश्चितता दिएको छ । 

    यस्तै, बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रत्ननगर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्यादी अस्पताललाई समेत तीन÷तीन करोड रुपैयाँ छ । 

    पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्बीचन्द्र अस्पताल, मुसीकोट अस्पताल, मुगु अस्पताल र मेहलकुना अस्पताललाई पनि तीन/तीन करोड रुपैयाँको सहमति दिइएको छ । 

    कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र त्रिवि शिक्षण अस्पताललाई तीन तीन करोड रुपैयाँ  सुनिश्चित गरिएको छ ।

    आइसीयु भेन्टिलेटरतर्फ धुलिखेल अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  र लुम्बनी प्रादेशिक अस्पताल तथा भीम अस्पताललाई १ करोड ८० लाख रुपैयाँका दरले सहमति दिइएको छ । 

    गजेन्द्रनारायण अस्पताल, भेरी अस्पताललाई, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कोशी अस्पताल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुर प्रादेशिक अस्पताल र सुर्खत प्रदेश अस्‍पताललाई १ करोड २० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरिएको छ । 

    मन्त्रालयले मेची अस्पताल र धौलागिरी अस्पताललाई ६० लाख रुपैयाँका दरले र  सेती प्रादेशिक अस्पताल तथा महाकाली अस्पताल र  भरतपुर अस्पताललाई २ करोड ४० लाख रुपैयाँका दरले स्रोत सुनिश्चित गरेको छ ।


    images

    Logo