काठमाडौं । सरकारले विद्युत् सुविधा पुगेका प्रत्येक परिवारलाई निःशुल्क रुपमा विद्युतीय चुल्हो वितरण गर्ने भएको छ । खाना पकाउने एलपी ग्यासको खपत घटाउन सरकारले यस्तो गर्न लागेको हो ।
यसका लागि आर्थिक वर्ष २०७९–८० को बजेटमा यसका लागि आवश्यक बजेट बिनियोजन गरिएको अर्थमन्त्री जनार्दन शर्माले बताए ।