images
images

फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त


  • 471
    SHARES
  • २०७९ जेठ १७ गते मंगलबार

    फोनपेको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त

    काठमाडौं । नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नालोजी अफिसरमा सुवास थापा नियुक्त भएका छन् । थापालाई मंगलबार फोनपेको सञ्चालक समितिले नियुक्त गरेको हो । 

    वित्तीयप्रविधि (फिनटेक) उद्योगको क्षेत्रमा ९ वर्ष भन्दा बढी सेवाअनुभव सम्हाली सकेका थापाले नेपाल क्लियरिङ हाउस लिमिटेडमा ’हेड–प्रोडक्ट र सिस्टम डेभलपमेन्ट’ को रूपमा काम गरेका थिए । राष्ट्रिय व्यवसाय प्रक्रिया पुनःइन्जिनियरिङ, प्रविधि डिजाइन, समाधानविकास, सरोकारवाला सचेतना र म्यानु अल भुक्तानी प्रक्रियाको डिजिटलाइजेशनको कार्यान्वयनमा सक्रिय रूपमा संलग्न सुवाथापा संलग्नहुदै आएका थिए ।  कम्प्युटर एप्लिकेसनमा मास्टर डिग्री गर्नु भएका थापासंग क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत वैकल्पिक वित्तको लागिक्याम्ब्रिज केन्द्रबाट ’क्याम्ब्रिज फिनटेक र रेगुलेटरी इनोभेसन’कार्यक्रम पूरा गरेको अनुभवपनि रहेको छ । 

    फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथावित्तीय संस्था, विभिन्नभुक्तानी सेवाप्रदायककामोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिने भएको छ । 

    फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथावित्तीय संस्था र भुक्तानी सेवा सेवाप्रदायक आबद्ध छन् । यस्तै फोनपेमाहालसम्म ६ लाख ७० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । १ करोड  ४० लाखभन्दा धेरै मोबाईल बैकिङ्गप्रयोगकर्ता तथाभुक्तानी सेवाप्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छन् । 


    images

    Logo