काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने भएको छ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आज शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने बताएका हुन् ।
कार्यक्रममा अर्थ सचिव शिशिरप्रसाद ढुंगानाले अर्थतन्त्रका अन्य सूचक राम्रो भएको बताए । ‘अर्थतन्त्रका अन्य सूचक राम्रो छ,’ उनले भने ‘लक्षित आर्थिक वृद्धिदरमात्रै पुगन नसकेको हो । सरकराले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर पुर्याउने लक्ष्य तय गरेको थियो ।
यसअघि राष्ट्रिय तथ्यांक विभागले कोरोना महामारीको असर चालु आवको अन्तिमसम्ममा सामान्य हुने भन्दै सो वृद्धिदर प्रक्षेपण गरेको थियो । तर, अहिले परिस्थिति जटिल बन्दै गएपछि गत वैशाख १८ मा गरेको वृद्धिदर प्रक्षेपण पूग्न चुनौती रहेको अर्थ मन्त्रालयले बताएको हो । अहिले अर्थतन्त्र ठप्प भएको अवस्था छ ।


