images
images

सुर्यविनायक नगरपालिकाले ल्यायो १ अर्ब ९२ करोडको बजेट (पुर्णपाठसहित)


  • 806
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    सुर्यविनायक नगरपालिकाले ल्यायो १ अर्ब ९२ करोडको बजेट (पुर्णपाठसहित)

    काठमाडौं । सुर्यविनायक नगरपालिकाले आगामि आर्थिक वर्षका लागि कुल १ अर्ब ९२ करोड १८ लाख बराबरको बजेट विनियोजन गरिएको छ । 

    नगरपालिकाकी उपमेयर सरिता तिमसिना भट्टराईले सो बजेट प्रस्तुत गदै कुल बजेटमध्ये चालुतर्फ–विषयक्षेत्रगत समिति रशाखाबाट प्रस्तावित कार्यक्रम संचालन गर्न २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षाभत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम संचालन गर्न  २६ करोड ६७ लाख ८४ हजार, चालूखर्च तर्फ २५ करोड २५ लाख र पूँजीगत कार्यक्रमतर्फ ९९ करोड ४३ लाख ५८ हजार विनियोजन गरेकी छ ।

    आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट  २२ करोड २८ लाख ७५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट ३५ करोड, चालू आर्थिक वर्षको राजस्व बचतबाट २५ करोड, संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान  २५ करोड ५ लाख १३ हजार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान  ४२ करोड ६७ लाख ८४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

    त्यस्तै, प्रदेशबाट प्राप्तविशेष अनुदान ७५ लाख, संघ तथा प्रदेशको राजस्व बाँडफाँडबाट  १५ करोड ४२लाख ५ हजार, समपूरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट  ५ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १६ करोड, सडकबोर्डबाट  १ करोड र नगद लागतसहभागिताबाट ४ करोड प्राप्त हुने अनुमान महानगरले गरेकाे छ ।


    images

    Logo