images
images

नबिलका कर्मचारी आन्दोलित, व्यवस्थापनलाई दिए कडा चेतावनी


  • 7.4K
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    नबिलका कर्मचारी आन्दोलित, व्यवस्थापनलाई दिए कडा चेतावनी

    काठमाडौं । नबिल बैंकका कर्मचारीहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन् । आज काठमाडौंमा रहेको बैँकको केन्द्रीय कार्यालयमा कर्मचारीहरुले आन्दोलन गरेका हुन् । सबै कर्मचारीहरुको वृत्ति विकास र सेवा सुविधानमा विभेद गरिएको भन्दै कमीचारीहरु विरोधमा उत्रिएका हुन् । 

    नविक बैँक कर्मचारी संघले खबरदार भनेर तीन बुँदे माग लेखिएको कालो ब्यानर केन्द्रिय कार्यालयको गेटमा टाँगेको छ । संघले यसअघि विभिन्न समयमा माग र सुझाब लिखित रुपमा दिए पनि कायान्वयन नभएको कर्मचारीको दाबी छ ।

    त्यसैगरी ब्यानरमा सम्पूर्ण कर्मचारीहरुको वृत्ति विकासमा र सेवा सुविधामा कुठाराघात नगरियोस् भनेर चेतावनीयुक्त भाषा लेखिएको छ । विभिन्न माग लेखिएको प्लेकार्डसमेत बोकेका कर्मचारीहरुले कार्यालयको मूल गेटमा घण्टी बजाएर बसेका थिए । 

    आन्दोलित कर्मचारीले हाम्रो माग पूरा गर, अब त सुन्छौ कि ? व्यवस्थापन तिम्रो पाराले दुःख पायौँ साराले, होसियार, खबरदार, लेखिएका प्लेकार्ड बोकेका थिए । 

    व्यानरको तेस्रो बुँदामा कर्मचारीको हित विपरित र मनोबल खस्किने कुनै पनि कार्य नगरियोस् भनेर सचेत गराईएको छ । 



    images

    Logo