काठमाडौं । २ कम्पनीको आईपीओ नेप्समा सुचीकृत भएको छ । आईपीओ सुचीकृत हुनेमा श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्टक्सन र अपर सोलु हाइड्रो इलेक्टिक कम्पनी रहेका छन् ।
मंगलबार श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्टक्सनको १ करोड ५९ लाख ३० हजार कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । यसको सुरुको कारोबारको लागि न्युनतम ८९ दशमलव ८८ रुपैयाँ र अधिकतम २ सय ६९ दशमलव ६४ रुपैयाँ ओपनिङ रेञ्ज ताेकिएकाे छ ।
त्यस्तै, मंगलबार अपर सोलु हाइड्रो इलेक्टिक कम्पनीको १ करोड ३५ लाख कित्ता शेयर नेप्सेमा सुचीकृत भएको छ । यस कम्पनीको सुरुको कारोबारको लागि न्युनतम १ सय ८ दशमलव २१ रुपैयाँ र अधिकतम २ सय २४ दशमलव ६३ रुपैयाँ ओपनिङ रेञ्ज ताेकिएकाे छ ।