काठमाडौं । एनआईबीएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । बिहिवार साढे ३ बजे बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले २०७८र७९ को मुनाफाबाट एनआईबीएल प्रगति फण्डका इकाइधनीहरुलाई ४.२० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका इकाइधनीहरुले पाउनेछन्।


