काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको संस्थापक हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । बिहिवार कम्पनीको ९७ लाख ९५ हजार ५ सय ५ कित्ता संस्थापक हकप्रद शेयर सूचीकृत भएको हो ।
उक्त कम्पनीको लिलामी मार्फत बिक्री भएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्सेले संस्थापक शेयरको पहिलो कारोबारको लागि १ सय १३ रुपैयाँको मूल्य तोकेको छ । अबदेखि कम्पनीको साधारण शेयर एचआईडीसीएल र संस्थापक शेयर एचआईडीसीएलपी सिम्बल बाट कारोबार हुने कम्पनीले जनाएको छ ।
सूचीकरणसँगै कम्पनीको संस्थापक शेयर र सर्वसाधारण शेयर अलग अलग कारोबार हुने भएको छ ।


