images
images

बीआईआईबाट एनएमबि बैंकले ल्यायो थप अढाई करोड डलर ऋण


  • 408
    SHARES
  • २०७९ भाद्र १२ गते आइतबार

    बीआईआईबाट एनएमबि बैंकले ल्यायो थप अढाई करोड डलर ऋण

    काठमाडौं । एनएमबि बैंकले थप अढाइ करोड डलर (झण्डै सवा ती अर्ब) विदेशी ऋण ल्याउने भएको छ । नेपालको जलस्रोत क्षेत्रमा लगानी गर्न सो बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानी (बीआईआई) बाट ऋण ल्याउने शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । यो सम्झौतासँगै एनएमबि बैंक बीआईआईबाट दोश्रो आवधिक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ ।

    सम्झौता हस्ताक्षर समारोहमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृतसुनिल केसीले उक्त कर्जा लगानीले उर्जा क्षेत्रमा कार्यरत परियोजनाहरु लाभान्वित हुनुको साथै बैंकले लिएको दिगो बैंकिङ्गको अवधारणालाइ एक कदम अगाडी पुर्याउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए । 

    आन्तरिक स्रोतले मात्र हाल बजारको मागलाई धान्न नसकिरहेको परिस्थितिमा उक्त कर्जाले जलस्रोत तथा नविकरणीय उर्जा क्षेत्रमा लगानी बढाउन मदत पुग्नेछ । यसरी विस्तार गरिएको लगानीले जलश्रोत तथा नविकरणीय उर्जा क्षेत्रको विकाशमा महत्वपुर्ण भूमिका खेल्दै समग्र अर्थतन्त्रको विकासमा समेत टेवा पुग्नेछ ।


    images

    Logo