काठमाडौं । राप्ती हाइड्रोको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । यस कम्पनीको ६१ लाख २७ हजार ९ सय ३८ कित्तम आईपीओ सुचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज १ सय ६ रुपैयाँ ३५ पैसादेखि ३ सय १९ रुपैयाँ ०५ पैसासम्मको रेन्ज तोकेको छ । कम्पनीको आइपीओ आज ‘आरएचजीसीएल’ सिम्बोलबाट कारोबार हुने छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६ सय २३ कित्तासहित २३ लाख ६६ हजार २ सय ४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।
निष्काशन गरिएको कुल शेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९ सय ८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३ सय १२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी रहेको २१ लाख ७६ हजार ९ सय ४० कित्ता शेयर सर्बसाधारणले आवेदन दिएका दिए । सो शेयर मंगलबार नेप्सेमा सुचीकृत भएको हो ।


