images
images

एलआईसी नेपाल मर्जरमा नजाने, पुँजी पुर्याउन ८८ प्रतिशत हकप्रद


  • 471
    SHARES
  • २०७९ भाद्र १५ गते बुधबार

    एलआईसी नेपाल मर्जरमा नजाने, पुँजी पुर्याउन ८८ प्रतिशत हकप्रद

    काठमाडौं । विदेशी संयुक्त लगानीको एलआईसी नेपालले पुँजी पुर्याउन ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दैछ । सोमबार बसेको सञ्चालक समिति बैठकले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद शेयर जारी गरेर पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको हो । 

    अहिले सो कम्पनीसँग २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ बराबरको पुँजी छ । प्रस्तावित हकप्रदपछि यस्तो पुँजी ५ अर्ब पुग्नेछ । 

    बीमा समितिले मर्जरलाई प्रोत्साहन गर्न १ वर्ष समय दिएर पुँजी वृद्धिको नियम बनाएकोमा एलआईसीले भने मर्जर वा एक्विजिसनलाई प्राथमिकता नदिएर हकप्रदको बाटो समातेको हो । 


    images

    Logo