images
images

सानिमा माई हाइड्रोपावरले गर्यो लाभांश घोषणा


  • 625
    SHARES
  • २०७९ भाद्र २१ गते मंगलबार

    सानिमा माई हाइड्रोपावरले गर्यो लाभांश घोषणा

    काठमाडौं । सानिमा माई हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । सोमवार दिउँसो बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त  निर्णय गरेको हो । 

    कम्पनीले २०७८र७९ को मुनाफाबाट चुक्ता पुँजीको ५.२६३२ प्रतिशत कर सहितको नगद लाभांश वितरणको व्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीको साधारणसभाबाट पारित भएपश्चात वतिरण गर्ने कम्पनीले जनाएको छ । 

    लाभांश घोषणा गरेको कम्पनीले कात्तिक २ गते बार्षिक साधारणसभा गर्ने भएकाे छ । उक्त सभाका लागि कम्पनीले असोज १२ गते बुक क्लोज गर्ने भएको छ । असोज ११ गतेसम्म कायम रहेका लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।


    images

    Logo