काठमाडौं । सानिमा इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । सोमवार दिउसो बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
फण्डले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्त पुँजीको २२ प्रतिशत कर सहितको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश बुकक्लोजको अघिल्लो दिनसम्म कायम रहेका इकाइधनीहरुले पाउनेछन्।