काठमाडौं । अभियान लघुवित्तको आईपीओ नेप्सेमा सुचीकृत भएको छ । शुक्रवार सो कम्पनीको २५ लाख कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम १ सय ५ रुपैयाँ ३६ पैसा र अधिकतम ३ सय १६ रुपैयाँ ८ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
सो शेयर शुक्रवार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ ।


