images
images

रुरु जलविद्युतको लाभांश घोषणा, साधारणसभा कहिले ?


  • 563
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    रुरु जलविद्युतको लाभांश घोषणा, साधारणसभा कहिले ?

    काठमाडौं । रुरु जलविद्युत परियोजनाले १०.५२ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ७ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र  ०.५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको वितरण गर्ने घोषणा गरेको छ ।

     उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ। उक्त लाभांश प्रस्ताव पारित गर्न यसले कार्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ ।

    साधारण सभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा  दिउँसो १ बजेबाट सुरु हुनेछ । यसले सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज हुनेछ । तसर्थ, असोज २६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
     


    images

    Logo