images
images

पाँच सूचीकृत कम्पनीले बोलाए साधारणसभा, कसको के–के छन् एजेन्डा ?


  • 511
    SHARES
  • २०७९ आश्विन ९ गते आइतबार

    पाँच सूचीकृत कम्पनीले बोलाए साधारणसभा, कसको के–के छन् एजेन्डा ?

    काठमाडौं । पाँच सूचीकृत कम्पनीले साधारणसभा बोलाएका छन् । कम्पनी सञ्चालक समितिको निर्णय बमोजिम ती कम्पनीहरुले असोज महिनभित्रै बस्नेगरि साधारणसभा बोलाएका हुन् । यसरी सभा बोलाउनेहरुमा ३ वटा इस्योरेन्स कम्पनी, एउटा होटल र एउटा व्यापारमूलक कम्पनी रहेको छ । 

    सानिमा जनरल इस्योरेन्स र जनरल इस्योरेन्स कम्पनीले असोज ११ गतेका लागि विशेष साधारणसभा बोलाएका छन् । मर्जर प्रयोजनको लागि यस्तो सभा बोलाइएको हो । दुई कम्पनीवीच मर्जरमा जान असार २९ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।  

    त्यस्तै, एशियन लाइफ इस्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट १४.५० बोनस शेयर र ०.६७ प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले असोज १३ गते साधारणसभा बोलाएको छ । सो कम्पनीको बुक क्लोज असोज ४ गते भइसकेको छ । 

    त्यस्तै, नेपाल ल्युब आयलले असोज २८ गते साधारणसभा बोलाएको छ । सो सभाले आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत बानेस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सो कम्पनीको बुक क्लोज असोज १४ गतदेखि  २८ गतेसम्म गर्ने भएको छ । 

    त्यस्तै, ओरिण्टल होटल्स कम्पनीले असोज १३ गते साधारणसभा बोलाएको छ । कम्पनीले यो बर्ष शेयरधनीलाई कुनै पनि लाभांश दिने घोषणा गरेको छैन ।

     

     


    images

    Logo