काठमाडौं । नबिल इक्वीटी र नबिल ब्यालेन्स फन्ड २ ले लाभांश घोषणा गरेका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
नबिल इक्वीटी फन्डले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट करसहित ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । भने नबिल ब्यालेन्स फन्ड २ ले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट करसहित ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
उक्त लाभांश कम्पनीको आगामी बस्ने साधारणसभाबाट पारित भएपश्चात वितरण हुनेछ । सो प्रयोजनका लागि फण्डले कात्तिक १८ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।