images
images

एनआईसी एशिया क्यापिटलको ३ वटै फण्डले गरे लाभांश घोषणा


  • 508
    SHARES
  • २०७९ आश्विन ३० गते आइतबार

    एनआईसी एशिया क्यापिटलको ३ वटै फण्डले गरे लाभांश घोषणा

    काठमाडौं । एनआईसी एशिया क्यापिटलको ३ वटै फण्डले लाभांश घोषणा गरेका छन् । शुक्रवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको छ । 

    एनआईसी एशिया क्यापिटलद्धारा संचालित सामूहिक लगानी कोष योजनाहरुमध्ये एनआईसी एशिया ग्रोथ फण्डले चुक्ता पुँजीको कर सहित १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । एनआईसी एशिया ब्यालेन्सड् फण्डले इकाईधनीहरुलाई करसहित  १३ प्रतिशत दिने घोषणा गरेको छ भने एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

    सो प्रयोजनका लागि ३ वटै फण्डहरुले बुक क्लोजको मिति पनि तय गरिसकेका छन् । एनआईसी एशिया ग्रोथ फण्डले कात्तिक १५ गते बुक क्लोज गर्ने भएको छ भने । एनआईसी एशिया ब्यालेन्सड् फण्डले पनि कात्तिक १५ गते नै इकाईधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । 

     


    images

    Logo