काठमाडौं । कुमारी बैंकले बुक क्लोजको मिति तय गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले कात्तिक १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो ।
बैंकका अनुसार कात्तिक १३ गतेसम्म कायम रहेका लगानीकर्ताले ताकेको लाभांश पाउने छन् । बैंकले गतवर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।यस्तै आगामी २२ औं बार्षिक साधारण सभामा भाग लिन सक्ने बैंकले जनाएको छ ।