images
images

दुई कम्पनीको साधारणसभा आज, कसको के–के छन् एजेण्डा ?


  • 474
    SHARES
  • २०७९ आश्विन ३१ गते सोमबार

    दुई कम्पनीको साधारणसभा आज, कसको के–के छन् एजेण्डा ?

    काठमाडौं । आज २ वटा कम्पनीको साधारणसभा हुँदैछ । सोमवार अपर स्याङ हाइड्रोपावर  र आरबीबी मर्चेन्ट बैंंकिङ्ले साधारण सभा गर्न लागेका हुन् ।

    सभा घोषणा गरेका कम्पनीमा अपर स्याङ हाइड्रोपावरले कम्पनीको केन्द्रीय कार्यालय, चन्दोल काठमाडौंमा बिहान ११ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । सो कम्पनीले २०७८र७९ को वित्तीय विवरणहरु प्रस्तुत गर्ने र लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा राखेको छ । 

    त्यस्तै, आरबीबी मर्चेन्ट बैंंकिङ्ले कम्पनीको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौंमा अपरान्ह ४ बजे बस्ने गरि साधारणसभा बोलाएको छ । कम्पनीको एजेण्डामा ७.५० प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका रहेका छन् ।


    images

    Logo