सोल्टी होटलले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
होटलले २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त लाभांश होटलको वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।
होटलले आगामी पुस २८ गते बिहान ११ बजे नेपाल प्रज्ञा भवन कमलादीमा बस्ने गरि वार्षिक साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनका लागि होटलले पुस ७ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।