काठमाडौं । नेपाल इन्फ्रस्ट्रक्चर बैंकले साधारणसभा बोलाएको छ । कात्रिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
उक्त बैंकले मंसिर १० गते अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वेट, काठमाडौंमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । सो बैंकले २०७८र७९ को मुनाफाबाट हाल कायम रहेको चुक्त पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनको लागि बैंकले मंसिर १ गते १ दिनको लागि शेयरधनी किताब खाता बन्द गर्ने निर्णय गरेको छ ।