काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । कम्पनीको कार्तिक ४ गते बसेको संचालक समितिको बैठकले समे निर्णय गरेको हो ।
कम्पनीले मंसिर ८ गते होटल भिष्वा विरगंजमा बिहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको १५.७८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले लाभांश वितरण तथा सभा प्रयोजनका लागि कार्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।