images
images

मर्जर प्रस्ताव पारित गर्ने २ इस्योरेन्स कम्पनीले बोलायो साधारणसभा


  • 486
    SHARES
  • २०७९ कार्तिक ६ गते आइतबार

    मर्जर प्रस्ताव पारित गर्ने २ इस्योरेन्स कम्पनीले बोलायो साधारणसभा

    काठमाडौं ।  मर्जर प्रस्ताव पारित ज्योति लाईफ इस्योरेन्स र सूर्या लाईफ इस्योरेन्सले वार्षिक साधारणसभा बोलाएका छन् ।  यस दुई कम्पनी एक आपसमा मर्जरमा जान लागेका छन् । यसको लागि दुबै कम्पनीले कातिक २८ गते वार्षिक साधारणसभा बोलाएका छन् । 

    जसमा सूर्या लाइफको सभा होटल हैरिसन प्सालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९ बजे सुरु हुनेछ । यस्तै, ज्योति लाइफको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजे सुरु हूनेछ । 

    हाल सूर्या लाइफ र ज्योति लाइफ इस्योरेन्सको सेयर कारोबार रोक्का छ । सूर्या लाइफ र ज्योति लाइफ इन्सुरेन्स एक आपसमा गाभिने भएपछि दुवैको असार १३ गतेदेखि सेयर कारोबार रोक्का गरिएको हो ।

    दुई कम्पनीबीच शुक्रवार १ शेयर बराबर ०.८२४५ को अनुपातमा मर्जरमा जाने सम्झौता भएको थियाे । अर्थात मर्जर पछि ज्योति लाईफका शेयरधनीले १ शेयर बराबर ०.८२४५ शेयर पाउनेछन् । मर्जर पश्चात सो कम्पनीको चुक्ता पूँजी करिब ४ अर्ब ५५ करोड पुग्नेछ ।

     


    images

    Logo