काठमाडौं । अरुण काबेली पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले गत वर्षको नाफाबाट चुक्त पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही कात्तिक ३० गते आफ्नो १२ औं वार्षिक साधारणसभा बोलाएकाे छ । कम्पनीले कात्तिक १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।