काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । साेमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बैंकले आर्थिक बर्ष २०७८/७९ सालको मुनाफाबाट १६.५१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकाे छ । यो बर्ष बैकले बोनस सेयर नदिने भएको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
