काठमाडौं । युरोकप फुटबलको उद्घाटन खेलमा इटालीले विजयी सुरुआत गरेको छ ।
रोमाको ओलम्पिक स्टेडियममा भएको खेलमा इटालीले टर्कीलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको इटालीले दोस्रो हाफमा गोल गरेको हो ।
खेलको ५३ औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले अग्रता बनाएको थियो ।
६६ औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए । ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।
जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा ३ अंक जोडेको छ ।
इटाली तालिकाको शीर्ष स्थानमा छ ।


