images
images

कांग्रेस महाधिवेशन : कुन पदमा को–को उम्मेदवार ?


  • 106
    SHARES
  • २०८३ आश्विन २० गते मंगलबार

    कांग्रेस महाधिवेशन : कुन पदमा को–को उम्मेदवार ?

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको छ । सभापतिदेखि महामन्त्रीसम्मका पदमा विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन् ।

    सभापतिमा गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरले उम्मेदवारी दिएका छन् ।

    वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालकाे एकल उम्मेदवारी परेकाे छ ।

    खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका छन् ।

    समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णको उम्मेदवारी परेको छ ।

    यस्तै, खुला महामन्त्री पदमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय उम्मेदवार बनेका छन् ।

    महिला महामन्त्रीमा डा. डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिएका छन् ।

    उपलब्ध विवरणअनुसार सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक–एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको छ ।


    सभापति 
    गगनकुमार थापा 
    श्यामकृष्ण खड्की
    किशोरसिंह राठौर

    वरिष्ठ उपसभापति 
    विश्व प्रकाश शर्मा 

    उपसभापति महिला 
    पुष्पा भुसाल 

    उपसभापति खुल्ला 
    डा. चन्द्र भण्डारी 
    देवराज चालिसे
    सुरेन्द्रराज पाण्डे 
    मधु आचार्य 
    डा. मिनेन्द्र रिजाल 
    दीपक गिरी 
    धनराज गुरुङ  
    गोविन्द भट्टराई 
    डा चन्द्रमोहन यादव 

    समावेशी उपसभापति 
    जीवन परियार 
    बिनोद चौधरी 
    फर्मुल्लाहा मनसुर 
    सीता गुरुङ 
    रन्जित कर्ण 

    खुल्ला महामन्त्री 
    प्रदिप पौडेल 
    गुरुराज घिमिरे 
    उदय शमशेर राणा 
    अमरसिंह पुन 
    नैनसिंह महर 
    शंकर तिवारी
    डा सुनिल शर्मा 
    डा सन्तोष उपाध्याय 

    महामन्त्री महिला 
    डा डिला संग्रौला 
    डिना उपाध्याय 
    रिता खनाल 


    images
    images

    Logo