काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । बुधवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश बीमा समितिले स्वीकृत गरेपछि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ । हाल सो कम्पनीको चुक्ता पुँजी ४ अर्ब ३ करोड ५१ लाख रुपैयाँ रहेको छ । बोनश शेयर वितरण पश्चात सो कम्पनीको पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुगेछ ।
सो कम्पनीले मंसिर १८ बिहान १० बजे नेशनल लाइफ इन्स्योरेन्सको केन्द्रिय कार्यालयमा बस्नेगरि साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


