images
images

२ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


  • 520
    SHARES
  • २०७९ कार्तिक १७ गते बिहीबार

    २ फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । योजनाका लाभांश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुने छ । 

    योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । 

    साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड  ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाइहरुको यहि कात्तिक २३ गते देखि  बिक्रि खुला गरेको छ ।


    images

    Logo