काठमाडौं । डलरको मूल्य ह्वात्तै घटेको छ । शुक्रबार नेपाली रुपैयाँसँग १३० रुपैयाँ ६० पैसा रहेको डलरको विनिमयदर शनिबार एकैदिन १ रुपैयाँ ६२ पैसाले घटेर १२८ रुपैयाँ ९८ पैसामा झरेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार युरो एकैदिन भने १३२ रुपैयाँ १ रुपैयाँ ३९ पैसाले बढेर १३२ रुपैयाँ ५३ पैसा पुगेको छ ।
यसरी डलरको मूल्य बढ्नु र युरोको मूल्य घट्नुको पछाडि युक्रेन रुस युद्ध अन्त्यउन्मुख हुनु मुख्य कारणको रुपमा रहेको छ । शुक्रबार रुसले युक्रेनको क्षेत्रीय राजधानीबाट आफ्ना सेना फिर्ता गरेसँगै रुस युक्रेन युद्ध अन्त्यनजिक पुगेको छ ।
रुसी असफलतासँगै युरोपमा देखिँदै आएको आर्थिक संकटको अन्त्य हुने विश्वसमा युरोमा लगानीकर्ताहरु आकर्षित भएपछि यसको मूल्य ह्वात्तै बढेको हो । यसको विपरित युरोजोनमा देखिएको संकटका कारण उच्च रहेको अमेरिकी डलरमा भएको लगानी युरोजोनका लगानीकर्ताले डलरको लगानी सार्ने संकेतसँगै यसको मूल्य ह्वात्तै घटेको देखिएको छ ।



