काठमाडौं । युनाइटेड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उक्त लाभांश विमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ ।