काठमाडौं । युनिलिभर नेपालले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले मंसिर २० गते बस्नेगरि साधारणसभा बोलाएको हो ।
कम्पनीले दिउसो ४ः३० बजे होटल एभरेष्ट नयाँ वानेश्वरमा बस्नेगरि सो सभा बोलाएको छ । सो सभामा कम्पनीले प्रस्ताव गरेको प्रतिकित्ता १ हजार २ सय १५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
सो सभा प्रयोजनका लागि कम्पनीले मंसिर ४ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यस अनुसार मंसिर १ गतेसम्म कायम रहेका शेयरधनीले सो कम्पनीको साधारणसभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।