काठमाडौं । कुमारी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । सोमवार बैंकको ३० लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले गत भदौ १७ गतेदेखि सो ऋणपत्र बिक्री खुला गरेको थियो । सोही ऋणपत्र आज नेप्सेमा सूचीकृत भएको हो । उक्त ऋणपत्रमा वार्षिक ब्याजदर ११ प्रतिशत रहेको छ ।