काठमाडौं ।प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो ।
बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ ।