काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । सोमवार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेके हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरि यस कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ ।