काठमाडौं । रिडी पावर कम्पनीले लाभांश घोषणा गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यो प्रस्ताव विद्युत नियमन आयोगले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गरे पश्चात वितरण गरिनेछ ।