images
images

२ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?


  • 720
    SHARES
  • २०७९ मंसिर ८ गते बिहीबार

    २ कम्पनीले गरे लाभांश घोषणा, कसको कति ?

    काठमाडौं । २ कम्पनीले लाभांश घोषणा गरेका छन् ।  बुधवार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाइटेड इदीमार्दी हाइड्रोपावर रहेका छन् । बुधवारबसेको दुबै कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पुँजीको १३.३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    साे लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई बैंकको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरणा गरिने छ । 

    त्यस्तै, युनाइटेड इदी मार्दी हाइड्रोपावरले आर्थिक वर्ष २०७८र७९ को नाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत कर सहितको नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  

    प्रस्तावित लाभांश पारित गर्न कम्पनीले मंसिर २८ गते १३ औं वार्षिक साधरण सभा बोलाएको छ ।कम्पनीले सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १६ गते बुकक्लोजकाे मिति तोकेको छ ।


    images

    Logo