images
images

मर्जर पारितको लागि दुई बैंकले बोलायो विशेष साधारणसभा 


  • 511
    SHARES
  • २०७९ मंसिर ९ गते शुक्रबार

    मर्जर पारितको लागि दुई बैंकले बोलायो विशेष साधारणसभा 

    काठमाडौं । मर्जर पारितको लागि दुई बैंकले बोलायो विशेष साधारणसभा बोलाएको छ । साधारणसभा बोलाउनेमा कुमारी बैंक र एनसीसी बैंक रहेका छन् । यी दुवै बै‌ंक एक आपसमा मर्ज हुँदैछन् । दुवै बैंकले मुख्यरुपमा सोही प्रस्ताव राखेर विशेष सभा बोलाएका हुन् । यी दुबै बैंकहरुले मंसिर २५ गते विशेष साधारणसभा बाेलाएका छन् । 

    कुमारी बैंकको विशेष साधारण सभा बैंकको नक्साल कार्यालयमा दिउँसो १ बजे सुरु हुनेछ भने एनसीसीको अनमोल ब्याङ्क्वेट, शंखमुलमा दिउसो १ बजे शुरु हुनेछ।सभा प्रयोजनका लागि दुवै बै‌कले मंसिर १५ गते बुक क्लोज गर्दैछन् ।

    दुबै बैंकको सभाले कुमारी बैंक र एनसीसी बैंक एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा गरिएको अन्तिम सम्झौतापत्र स्वीकृत गर्ने, सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १ः१ सेयर स्वाप रेसियोमा मर्ज हुने प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिने एजेन्डा रहेको छ । 


    images

    Logo